हनिमुन मनाउँदै गरेकी काजोलको यस्तो तस्वीर सार्वजनिक

मुम्बई । बलिउड नायिका काजल अग्रवाल हनिमुनका लागि माल्दिप्समा छिन् ।  काजलले भरखरै गौतम किचलुसँग बिवाह गरेकी हुन् ।

काजलले माल्दिभ्सको केही तस्बिर समेत सार्वजनिक गरेकी छन् । तस्बिरमा काजल रातो कलरको ड्रेसमा बिस्दास मुडमा देखिएकी छन् ।

काजलले समुन्द्री किनारमा हट अन्दाजसहित तस्बिरका लागि पोज समेत दिएकी छिन् । मिनिमल मेकअप र कानको रिङ्गले उनको हट लुक्सलाई परफेट बनाएको छ ।

सन् २००४मा अभिनेता विवेक ओबराय र ऐश्वर्या राय अभिनित फिल्म ‘क्या हो गया ना’बाट काजलले अभिनयमा डेब्यु गरेकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया