७० करोड प्रकरण :गोकुल बाँस्कोटा संगै ओलीपनि पनि संलग्न रहेको आरोप

तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो टेप रेकर्ड गरेर चर्चामा आएका विजयप्रकाश मिश्रले सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिद अनियमिततामा प्रधानमन्त्री केपी शर्मा ओली पनि संलग्न भएको आरोप लगाएका छन् ।

जापानबाट फर्केलगत्तै जिल्ला अदालत काठमाडौंमा उनले पेस गरेको लिखित जवाफमा ‘तत्कालीन सञ्चारमन्त्री बाँस्कोटाले डिल गरेको अनियमिततामा प्रधानमन्त्री ओली पनि संलग्न रहेको’ उल्लेख छ । ‘गाली बेइज्जती’ मुद्दाको लिखित जवाफका क्रममा मिश्रले यसपटक मात्रै नभई अघिल्लो कार्यकालमा समेत प्रधानमन्त्री ओलीले अनियमितता गर्न सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे मन्त्रिपरिषद्बाट नीतिगत निर्णय गरेको दाबी गरेका छन् ।

मिश्रमाथि तत्कालीन सञ्चारमन्त्री बाँस्कोटाले ‘गाली बेइज्जती’ गरेको आरोपमा जिल्ला अदालतमा मुद्दा दर्ता गरेका थिए ।

तत्कालीन एमाले–माओवादी गठबन्धनको सरकार रहेकामा २०७३ असार–साउनमा माओवादीले कांग्रेससँग गठबन्धन बनाएको थियो । ओली नेतृत्वको सरकार ढल्ने निश्चित भएपछि हतारहतार सुरक्षण विकास समिति गठन गर्नुमा ‘अनियमितता गर्ने उद्देश्य रहेको’ आरोप मिश्रले लिखित जवाफमै लगाएका छन् । ओलीले राजीनामा दिनुभन्दा केही दिनअगाडि २०७३ साउन ५ गतेको मन्त्रिपरिषद् बैठकले सुरक्षण मुद्रण विकास समिति गठन आदेश जारी गरेको मिश्रको भनाइ छ । कान्तिपुरमा खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया