ट्रम्पले हारे, बाइडेन बने ४६ औं राष्ट्रपति

मेरिकी राष्ट्रपतीय निर्वाचनको चर्को प्रतिस्पर्धालाई मतगणनाको अन्तिम चरणमा अग्रता कायम राखेपछि डेमोक्र्याट उम्मेदवार तथा पूर्व उपराष्ट्रपति जो बाइडेनले विजयी हुनको लागि आवश्यक २७० इलेक्टोरल कलेजको भोट नघाएका छन् ।

अमेरिकी निर्वाचन कानुनअनुसार ५३८ इलेक्टोरल कलेज भोटमध्ये बहुमतको लागि आवश्यकभन्दा बढी अर्थात् २८४ पुर्याएपछि बाइडेन अमेरिकाको ४६औं राष्ट्रपति बन्न बाटो खुलेको छ । सीएनएनका अनुसार पछिल्लो दुई दिनदेखि गणना भएका पेन्सिलभानिया, जर्जिया, विस्कन्सन र एरिजोना राज्यको मतगणनामध्ये पेन्सिलभानियाको २० इलेक्टोरल कलेज भोट प्राप्त गरेपछि उनी राष्ट्रपति बन्ने निश्चित भएको हो ।

नयाँ राष्ट्रपतिले आगामी जनवरी २० का दिन ह्वाइट हाउसमा आयोजना हुने विशेष समारोहमा शपथ ग्रहण गरेपछि पदभार सम्हाल्ने संवैधानिक व्यवस्था छ । बाइडेनको जीतसँगै उपराष्ट्रपति घोषित कमला ह्यारिस अमेरिकाको इतिहासमा पहिलो पटक महिला उपराष्ट्रपति हुने भएकी छिन् । उनकी आमा भारतीय मूलकी हुन् भने बाबु आप्रवासी जमैकन हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया