वैज्ञानिक भन्छन -कानमा यस्तो भयो भने पनि कोरोनाको लक्षण हुन सक्छ

कान कराउनु पनि कोरोनाको लक्षण हुन सक्ने तथ्य फेला परेको बेलायतका वैज्ञानिकले बताएका छन्।

त्यहाँस्थित एंग्लिया रस्किन युनिभर्सिटीका वैज्ञानिकले गरेको अनुसन्धानले कोरोना संक्रमितमध्ये ४० प्रतिशत जनामा कान कराउने समस्या रहेको पत्ता लगाएको हो। जसलाई वैज्ञानिक परिभाषामा टिनिटस भनिन्छ।

अमेरिका र बेलायतका  ३ हजार १०३ कोरोना बिरामीमा अनुसन्धान गरिएको थियो। अनुसन्धानको उद्देश्य थियो- त्यस्ता कोरोनापीडित जो पहिलेदेखि टिनिटस समस्याबाट पीडित थिए, उनीहरूलाई कोरोना संक्रमणपछि यो समस्या घट्यो कि बढ्यो?

अध्ययनमा के तथ्य पत्ता लाग्यो भने केही व्यक्तिमा कोरोना संक्रमणपछि कान कराउने समस्या सुरु भएको थियो। अनि जो पहिलेदेखि यस्तो समस्याबाट पीडित थिए, कोरोना संक्रमणपछि झन् बढ्यो।

अनुसन्धानकर्ता भन्छन्, ‘कान कराउनु दीर्घ कोभिडको लक्षण पनि बन्न सक्छ। तर यस्तो केही व्यक्तिलाई मात्र हुने सम्भावना हुन्छ।’

अध्ययनमा सहभागी ४६ प्रतिशत बेलायती बिरामीले आफूमा बेचैनी, एक्लोपन र नकारात्मक असर देखिएको बताएका छन्। ५० वर्षीया एक महिलाले महामारीका क्रममा कान कराउने समस्याले निकै दुःख दिएको बताइन्। स्राेत : दैनिक भास्कर

फेसबुकबाट तपाईको प्रतिक्रिया