कुवेतमा थप ९ नेपाली कोरोना संक्रमित, कूल संख्या ८४ पुग्यो

कुवेतमा थप ९ नेपालीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। योसँगै कुवेतमा कोरोना संक्रमितको संख्या ८४ जना पुगेको छ।

कुवेतमा रहेको नेपाली दूतावासका अनुसार यसअघि कुवेतमा ७५ नेपालीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

तीमध्ये कति नेपालीलाई निको भयो भन्नेबारे कुवेत सरकारले राष्ट्रियता नखुलाउने भएकाले त्यस्तो संख्या भने थाहा नहुने कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले बताएका छन्।

तर पनि कोरोना संक्रमण निको हुने क्रम बढिरहेकाले नआत्तिन दूतावासले कुवेतमा कार्यरत सबै नेपालीलाई आग्रह गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया