कोरोनाले युएईमा ५ नेपालीको मृत्यु, एक सयभन्दा बढी संक्रमित

गैरआवासीय नेपाली संघ ९एनआरएनए० युएईले कोरोना भाइसर संक्रमणका कारण युएईमा पाँच नेपालीको मृत्यु भएको जनाएको छ।

गैरआवासीय नेपाली संघ ९एनआरएनए० युएईका अध्यक्ष प्रकाश कोईरालाका अनुसार युएईमा एक महिला सहित ४ पुरुषको ज्यान गएको हो।यसैगरि युएईमा एक सय भन्दा बढी नेपाली कोरोना भाइरसबाट संक्रमित भएको कोइरलाले जानकारी दिए।जसमध्य १५ जना नेपाली उपचार पछि निको भएका छन्।

गैर आवासीय नेपाली संघ (एनआरएनए), युएईले आज २४ औ दिनसम्म कोरोनाका कारण अलपत्र परेका २ हजार भन्दा बढि नेपालीलाई झण्डै १५ लाख रुपैयाँ बराबरको राहत खाद्दन्न सामाग्री वितरण गरेको बताएको छ ।

यस्तै नेपाली समाज युएई लगाएत युएईमा भएको क्रियाशिल सघसंस्थाहरूले पनि कोरोना प्रभाबित नेपालीलाई खाध्य सामाग्री विरतण गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया