सामाजिक सञ्जालमा जथाभावी नलेख्न साउदी दूतावासको अनुरोध ,केही नेपालीले सजाय भोग्दै

साउदी अरब। साउदी अरबस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सामाजिक सञ्जाल (फेसबुक) मा जथाभावी कमेण्ट नलेख्न अनुरोध गरेको छ ।

दूतावासले मंगलबार एक सार्वजानिक सूचना जारी गर्दै राजदूतावासबाट सार्वजानकि गरिने सूचनाहरुमा जथाभावी अभद्र कमेण्टहरु पोष्ट नगर्न अनुरोध गरेको हो। साउदीको स्थानीय कानुन विरुद्द हुनेगरी सामाजिक सञ्जालमा लेखेमा, कमेन्ट गरेमा वा म्यासेज पठाएमा कडा कारबाही हुने भन्दै दूतावासले साउदीमा कार्यरत सबै नेपालीलाई सचेत गराएको हो ।

दूतावासले सोमबार प्रकाशित राहदानी नविकरण सम्बन्धि सार्वजनिक सूचनामा ‘लभली केटो‘ नाम गरेको फेसबुक आइडीबाट नेपाली महिला कामदारलाई अपमान गर्ने अभद्र शब्द प्रयोग गर्दै कमेन्ट गरेकाले त्यो कमेन्ट जतिसक्दो छिटाे हटाउन र कारबाहीबाट बच्न पनि दूतावासले सूचना जारी गरेको छ ।

यसअघि स्थानीय कानूनको विरूद्द हुनेगरी काम गरेका कारण साउदीमा अहिले केही नेपालीले गम्भीर प्रकृतीको सजाय भोगिरहेको पनि दूतावासले जानकारी गराएको छ । आफ्नो जिम्मेवारी प्रति सचेत भइ आ–आफ्नो काम गर्न समेत दूतावासले अनुरोध गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया