नेकपा कै नेताले भने -प्रचण्ड र केपीले पार्टीलाइ दुर्घटनामा लैजाने निश्चित

सत्तारूढ दल नेकपाका स्थायी समिति सदस्य तथा पुर्व मन्त्री हरिबोल गजुरेलले आफ्नो पार्टीका दुवै अध्यक्ष पुर्णतः असफल भएको बताएकाछ्न । आफुलाइ क्याप्टेन दाबी गर्नेहरु आफै कुस्ती गरेपछी अब के होला यात्रा भन्दै प्रश्न समेत गरेकाछन ।

उनले भने प्रचण्ड र केपीले पार्टीलाइ दुर्घटनामा लैजाने निश्चित भएको छ । दुवै अध्यक्ष मुलुक र जनता प्रती थोरै पनि जिम्मेवार नभएको तर्क  गरेकाछ्न ।

दुवै अध्यक्षको कार्यशैली स्वेच्छाचारी रहेको भन्दै पार्टी फुटे कसैको पछि नलाग्ने घोषणा गरेकाछन । पार्टीका कार्यकर्तालाइ भेडाबाख्रा सम्झिने नेताहरूलाइ अब छि छि र दुरदुर गर्ने निश्चित रहेको छ ।

दुवै नेताहरुले खल्तीबाट पार्टी चलाउने प्रवृत्ति नछोडेसम्म यस्तै हालतमा जाने बताएकाछ्न । यदी पार्टी फुट्ने अवस्था आएमा उनीहरुको बारेमा तथ्य सहित भण्डाफोर गर्ने घोषणा समेत गरेकाछ्न।

आज बिहान एक क्यापिटल एफएम रेडियोमा अन्तर्वार्ता दिदै गजुरेलले उक्त कुरा बताएकाहुन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया