मुम्बईद्वारा दिल्ली ९ विकेटले पराजित, दिल्लीको प्ले-अफ यात्रा कठिन बन्दै

युएई। युएईमा जारि १३ औं आईपीएल अन्तर्गत ५१ औं खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ९ विकेटले पराजित गरेको छ। जित संगै मुम्बई लिगको शिर्ष-२ स्थानमा रहँदै पहिलो क्वालीफायर खेल्ने टोलि बनेको छ।

यस अघि हैदरावाद, कोलकाता र पन्जाबसंग पराजित भएको दिल्लीको यो चौथो हार हो। हारसंगै दिल्लीको प्ले-अफ सम्भावना कायमै रहे पनि कठिन बनेको छ। यदि लिगको अन्तिम खेलमा दिल्ली बंगलोरसग पराजित भए र पन्जाब, राजेस्थान अथवा कोलकत्ता मध्ये एक टिमले रामो रनरेट सहित जित निकाले सबैको समान १४ अंक हुनेछ र दिल्ली रनरेट आधारमा लिगबाट बाहिरिनेछ।

आजको पहिलो खेलमा दिल्लीले दिएको १११ रनको लक्ष्य मुम्बईले मात्र १ विकेट गुमाएर १४.२ ओभरमा भेटायो। मुम्बईको लागि इशान किशनले सर्वाधिक अविजित ७२ रन बनाए जुन क्रममा ८ चौका र ३ छक्का प्रहार गरे। क्विन्टन डीककले २६ तथा सुर्यकुमार यादवले अविजित १२ रन बनाए। किशनले पहिलो विकेटको लागि डीककसंग ६८ रनको साझेदारी गरेका थिए। ११ औं ओभरमा डीककलाई नोर्कियाले बोल्ड गरेपछि दोश्रो विकेटको लागि किशन र यादवले अविजित ४३ रनको साझेदारी गर्दै टिमलाई जितसम्म पुर्याए।

दिल्लीको लागि कप्तान श्रेयस ऐयरले २५, रिशभ पन्तले २१, रभीचन्द्रन आश्विन र कागीसो रबाडाले समान १२, शिमरन हेटमायरले ११, पृथ्वी शले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया