नेकपाका अध्यक्षको भेटवार्ता : प्रचण्डले गरे यस्तो प्रस्ताव

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच लामो समयपछि भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दिउँसो करिब दुई घण्टा भएको छलफलमा दुई अध्यक्षबीच पार्टी र सरकार सञ्चालनका विषयमा केन्द्रित भएको थियो ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दिउँसो करिब १ बजे बालुवाटार पुगेका थिए । 

दुई अध्यक्षबीच कात्तिक ३ गते यता भेट भएको थिएन । बैठकमा प्रचण्डले पार्टी कमिटीबाटै समस्याको समाधान निकाल्ने गरि अगाडी बढ्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेको बताइएको छ ।  उनले यसका लागि सचिवालय बैठक बोलाएर अगाडी बढ्न सुझाव दिएका थिए । 

नेकपा नेता जनार्दन शर्मालाई कोरोना पोजेटिभ देखिएपछि आइसोलेसनमा बसेको बताउदै प्रचण्डले प्रधानमन्त्री ओलीसँग भेट गर्न नमाने बताइदै आएको थियो । दुई अध्यक्षबीच दुरी बढेपछि महासचिव विष्णु पौडेल, शंकर पोखरेल सुवासचन्द्र नेम्वाङ र प्रदीप ज्ञवालीले प्रचण्ड निवासमा पुगेर भेटवार्ताको वातावारण मिलाएका थिए ।

अहिले ओली र प्रचण्डबीच कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव प्रकरण, मन्त्रिपरिषद विस्तार, पर्सा प्रकरण, राजदुत नियुक्ति लगायतका विषयमा विवाद बढेको छ ।

यसै बिचमा कात्तिक १५ देखि १७ गतेसम्मका लागि पूर्व निर्धारित केन्द्रीय कमिटीको बैठकलाई एक महिना पछाडि मंसिर १५ देखि १७ सम्म बैठक गरि सारिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया