‘प्रचण्ड’को हत्या गर्न ‘गोयल’को गोप्य भेटवार्ता भएको त होइन ?

भारतीय खुफिया एजेन्सी रिसर्च एण्ड एनाइलाइसिस विङ्ग ‘रअ’ का प्रमुखसहितको टोली नेपाल आएर फर्किसकेको छ । तुफानी शैलीमा आएको उक्त टोलिले अघिल्लो बुधबार राती नै प्रधानमन्त्री केपि शर्मा ओलिलाइ गुरिल्ला शैलीमा भेटघाट गरि नेपालको राजनीतिक बृत्तमा हलचल नै पैदा गरिदिएको छ ।

सरकार संचालक दल नेकपाभित्र समेत भुकम्प पैदा गरिदिएको खुफिया भ्रमण दलले के सन्देश बोकेर आएको थियो र के सन्देश बोकेर फर्कियो भन्ने कुरा अझै पनि रहस्यको गर्भमै छ । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र अर्का प्रभावशाली नेता माधव कुमार नेपाल समेतले रअ प्रमुख सामन्त कुमार गोएललाइ भेटेको हल्ला प्रधानमन्त्री ओली समर्थित समुहले चलाए पनि प्रचण्ड र नेता नेपाल दुबैले आफुले कसैलाइ नभेटेको कुरा सार्वजनिक गरेका छन।

नेकपा भित्रै बिबाद रहेको, सरकारको जनस्तरबाटै व्यापक आ’लोचना भइरहेको र लिपुलेक, कालापानी र लिम्पियाधुराको विवाद कायम नै रहेको यो संगिन अबस्थामा केपि ओलिले खुफिया एजेन्सीलाइ किन निमन्त्रणा गरे र रातारात भेटघाट गरे र के सम्झौता वा सन्देश आदानप्रदान गरे भन्ने कुराले अवको राजनीति नै कता जान्छ भन्ने कुराको निर्धारण गर्ने राजनीतिक बिश्लेषकहरु बताउछन ।

यसैगरि उक्त घटनाको सामाजिक संजालमा केपि ओलीप्रती ब्यंग्य सहित बि’रोध जनाइएको छ । जब जब रअ प्रमुखहरु नेपाल छिर्छन तब नेपालमा अकल्पनीय घ’टना समेत हुने गरेको बताउदै कतिपय सामाजिक संजाल प्रयोगकर्ताले विभिन्न अनुमान समेत लगाएका छन ।

कतिसम्म भने, कतिपय सामाजिक संजाल प्रयोगकर्ताले ओलीमाथी आलोचना गर्दै के यो अर्को दासढुङ्गाको तयारी त होइन समेत भनेका छन । प्रचण्ड तिर इंकित गर्दै लेखेका छन ‘ के प्रचण्डलाई दोस्रो मदन भण्डारी बनाउने योजनामा त छैनन ? यदि त्यसो होइन भने, यो कोरोना महामारीको बेला त्यो पनि अर्को देशका खुफिया एजेण्टसंग किन भेट्नु पर्यो हाम्रा प्रधानमन्त्रीलाइ ?’

यो समाचार हामीले जनादेश खबर बाट साभार गरेका हौ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया