रवि लामिछाने दम्पत्तिलाई कोरोना

काठमाडौँ । टिभी प्रस्तोता रवि लामिछानेलाई कोरोना संक्रमण भएको छ ।

लामिछानेले मंगलबारबाट हल्का ज्वरो आएकोले पिसिआर परिक्षण गर्दा आफु र आफ्नी पत्नी निकीता दुवैलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् ।

लामिछानेले दुवैको स्वास्थ्य सामान्य रहेको बताएका छन् ।

सामजिक संजाल फेसबुकमा जानकारी दिदै उनले भनेका छन् –

‘गत मंगलबार राति बाट हल्का ज्वरो आए पछि हिजो PCR टेष्ट गर्दा, म र निकीता दुबै मा कोरोना पोजेटिभ देखिएको छ। हामी दुबैको स्वास्थ सामान्य छ। केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ । घरमा हामी दुई मात्र छौ त्यसैले धेरै समस्या छैन तर घरमा बृद्धअबश्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया