साउदी अरबमा कोरोनाको कारण १८४ जनाको मृत्यु

हालसम्म साउदी अरबमा कोरोनाको कारण १८४ जना मानिसको ज्यान गइसकेको छ, भने २७ हजार ११ जनामा कोरोना संक्रमण देखिएको छ ।

आइतबार थप ८ जनाको मृत्यु भएसँगै साउदीमा ज्यान गुमाउनेको संख्या १८४ पुगेको हो । आइतबार साँझ तसमाचार तयार पार्दासम्म थप १ हजार ५५२ जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २७ हजार ११ पुगेको हो ।

हालसम्म साउदीमा ४ हजार १३४ जना संक्रमित उपचारपछि निको भएका छन् भने २२ हजार ६९३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररत संक्रमितममध्य १३९ जनाको अवस्था गम्भीर रहेको छ ।

साउदीमा ठूलो संख्यामा नेपाली कामदार रहेका कारण नेपाली दूतावासले उनीहरुलाई सुरक्षित रहन अपिल गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया