आईपीएल :कोलकातालाई ८ विकेटले हराउदै पञ्जाब शीर्ष चारमा उक्लियो

युएइ। जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आफ्नो १२औँ खेलमा किंस ११ पञ्जाबले कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ। सारजाह क्रिकेट रंगशालामा सोमबार राति भएको खेलमा पञ्जाब ८ विकेटले विजयी भएको हो।

टस जितेर पञ्जाबले कोलकातालाई ब्याटिङको निम्ता दिएको थियो। पहिलो ब्याटिङ गरेको उसले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४९ रनको मध्यम स्कोर बनायो। १५० रनको लक्ष्य पछ्याएको पञ्जाबले १८.५ ओभरमै २ विकेट गुमाएर भेट्टायो।

पञ्जाबका लागि मन्दिप सिंहले ६६ रन बनाए। त्यस्तै क्रिस गेलले ५१ रन जोड्दा ओपनर तथा कप्तान केएल राहुलले २८ रन बनाए।

कोलकाताका लागि वरुण चक्रवर्ती र लकी फर्गुसनले १/१ विकेट लिए।

यसअघि ब्याटिङ गरेको कोलकाताका ओपनर शुवमान गिलले ५७ रन जोडे। त्यस्तै इयन मोर्गानले ४० र लकी फर्गुसनले २४ रन बनाउन बाहेक कुनै पनि ब्याटसमेनले दोहोरो अंकको स्कोर बनाउन सकेन्।

पञ्जाबका लागि मोहम्मद शामीले ३ विकेट लिए। त्यस्तै क्रिस जोर्डन र रवि बिश्नोइले समान २/२ विकेट हात पारे। यसैगरी ग्लेन म्याक्सवेल र मुरुगन आश्विनको नाममा पनि १/१ विकेट रह्यो।

फेसबुकबाट तपाईको प्रतिक्रिया