प्युठानमा बाँदर धपाउन हानेको गोली लागेर वृद्धको ज्यान गयो

नेपाल। प्युठानको डामृमा बाँदर धपाउन हानेको गोली लागेर एक वृद्धको ज्यान गएको छ ।

आज बिहान ३३ वर्षका हेमलाल सुनारले बाँदर धपाउन हानेको गोली लागेर ७१ वर्षका बलबहादुर सुनारको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आफूले हानेर गोली लागेर काकाको ज्यान गएपछि हेमलाल आफै प्रहरीकोमा गएका हुन् ।

प्रहरीले अनुसन्धान थालेको जनाएको छ । गोली लागेर ज्यान गुमाएका बलबहादुर पनि बाँदर धपाउन कुकुर लिएर घर नजिकै बारीमा जानुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया