भारतमा कोरोना संक्रमित थपिने क्रम घट्दै

भारत। पछिल्लो २४ घन्टामा छिमेकी देश भारतमा ४५ हजार पाँच सय ९० जना कोरोना संक्रमित थपिएका छन् । भारतमा केही दिनयता संक्रमित थपिने क्रम घट्दै गएको छ ।

कोरोनाबाछ हुने मृत्युदर पनि घट्दै छ । आइतबार चार सय ६० जना संक्रमितको निधन भएको छ । यो संख्या एक सय १२ दिनयताकै सबैभन्दा कम हो ।

संक्रमित थपिनेको तुलनामा निको हुने दर बढ्दै गएको छ । आइतबार ५८ हजार नौ सय ३० संक्रमित निको भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा अहिलेसम्म संक्रमित हुनेको संख्या ७९ लाख ९० हजार पुगेको छ । त्यसमध्ये ७१ लाख ३३ हजार संक्रमित निको भइसकेका छन् भने सक्रिय संक्रमितको संख्या ६ लाख ५४ छ ।

कोरोना संक्रमणबाट एक लाख १९ हजारको निधन भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया