दसैं मनाउन घर पुगेका सैनिक जवानको करेन्ट लागेर मृत्यु

तेह्रथुमको आठराई गाउँपालिकामा करेन्ट लागेर एक सैनिक जवानको मृत्यु भएको छ ।
नेपाली सेनाको सिरहास्थित शेर गणमा कार्यरत तेह्रथुमको आठराई गाउँपालिका-५ होडाका २६ वर्षीय राजन बराइलीको बिहीबार साँझ करेन्ट लागेर मृत्यु भएको हो ।
आफ्नै घरअगाडि रहेको बिजुलीको ट्रान्समिटरबाट कालो तार जोड्ने क्रममा करेन्ट लागेर बराइली जमिनमा पछारिएका थिए ।
गम्भीर घाइते भएका उनलाई उपचारका लागि पाँचथरको फिदिमस्थित जिल्ला अस्पताल ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय तेह्रथुमका अनुसार सैनिक जवान बराइली दसैं बिदा मनाउन केही दिनअघि घर पुगेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया