गाउँ प्रवेश गर्दा पीसीआर रिपोर्ट अनिवार्य

जिल्लाका केही स्थानीय तहले गाउँ प्रवेश गर्दा पीसीआर परीक्षण रिपोर्ट अनिवार्य गरेका छन् ।

पूर्वखोला र बगनासकाली गाउँपालिकाले ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट अनिवार्य गरेका हुन् । दुवै स्थानीय तहले सीमा जोडिएका अर्को स्थानीय तहमा आवतजावत बन्द गर्ने निर्णय गरेका छन् । भारतलगायत तेस्रो मुलुक र मुलुककै विभिन्न स्थानबाट गाउँपालिका प्रवेश गर्दा कोरोना संक्रमण फैलिने भन्दै रिपोर्ट अनिवार्य गरिएको ती पालिकाको भनाइ छ ।

‘जतासुकै संक्रमणको त्रास बढेको छ,’ पूर्वखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले भने, ‘त्यसैले गाउँपालिका प्रवेश गर्दा पीसीआर रिपोर्ट चाहिने निर्णय भएको हो ।’

पछिल्ला केही दिनयता गाउँमा दसैं मनाउन भित्रने नागरिकको संख्या वृद्धि भएको छ । पूर्वखोलामा समुदाय स्तरमा संक्रमितको संख्या बढेको छ । गाउँ कार्यपालिकाको बैठकले गाउँपालिका र वडा कार्यालय सिल गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया