विदेशबाट फर्किनेको संख्या १ लाख १४ हजार नाघ्यो, कुन देशबाट कति ?

काठमाडौँ। कोरोना महामारीका बीच विभिन्न ३२ मुलकबाट सोमबारसम्म १ लाख १४ हजार बढी नेपाली जहाजमा फर्किएका छन् । कोभिड १९ संकट व्यवस्थापन केन्द्रले सोमबारसम्म १ लाख १८ हजार १८ जना फर्किएको जनाएको छ । यो तथ्यांकमा स्थल मार्ग हुँदै फर्किनेको संख्या जोडिएको छैन ।

सरकारले कोरोना महामारीका कारण हवाइ उडान प्रभावित भएपछि चार्टर उडानमार्फत नेपाली स्वदेश ल्याएको थियो भने पछिल्लो समय नियमित उडान समेत मापदण्ड पूरा गरेर हुन थालेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया