अहिले रोग भित्रिने डरले भारतबाट नागरिक नभित्राउने हो भने भोली लास भित्रेको सहन सक्ने हो त सरकार?

सिए अभानेस्वब्यु (भारत) अध्यक्ष सुधन महतले सामाजिक संजालमा सरकारलाई प्रश्न सोधेका छन् के अहिले रोग भित्रिने डरले भारतबाट नागरिक नभित्राउने हो भने भोली लास भित्रेको सहन सक्ने हो त सरकार?

आइतबार साझ बसेको मन्त्रिपरिषद् बैठकमा भारतबाट आफ्ना नेपाली नागरिक ल्याए कोरोना भित्रिन सक्ने भएकाले सीमानामा अझै कडाइ गर्न प्रधानमन्त्रीले निर्देशन दिएका थिए।

त्यसैको जवाफमा महतले यदि अहिले रोग भित्रिने डरले भारतबाट नागरिक नभित्राउने हो भने भोली लास भित्रेको सहन सक्ने हो त भनी सरकारलाई प्रश्न गरेका छन्। उनले आफुले लोकप्रियतको लागी नभएर कटुपूर्ण कुरा गरेको बताए।

त्यसैगरी महतले सामाजिक संजालमा निम्न प्रसं गरेका छन्

हिजो राजनितिक खपतको लागी हो की के का लागी हो? भारतमा ५०/६० लाख नेपाली छन् भन्दै मिडियामा कुर्लिने तथ्यांकशास्त्री नेतागण, बुद्धिजिवीहरु कता गए? कति छ त भारतमा नेपालीहरुको एकींन संख्या?

कुनै पनि देशले आफ्ना कति नागरिक सीमा पारी छन् (भारतमा) भनेर कहिल्यै तथ्यांक नराख्नु भर्त्सना योग्य छ। नराख्ने, राख्नु पर्दैन भनेर सोच्ने दिमाग अनि सल्लाह दिने धतूरेहरु को हुन्? व्यवस्था, विज्ञान प्रविधि, शासन प्रणालीमा यति धेरै परिवर्तन आईसक्यो तर हाम्रो “मुगलाने” प्रबृत्ति उहिं छ…घर गाऊं बाहेक देशलाई थाहा हुँदैन आफ्नो मान्छे कहाँ छ भनेर। तथ्यांक नराख्ने काम कसको दबाबमा अनि कसको फाईदाको लागी भईरहेको छ?

आधुनिक विश्वमा हाम्रो देश मात्र यस्तो होला, जसलाई थाहा छैन कति आफ्ना नागरिक अर्को देशमा छन् भनेर। भित्रिएको र बाहिरिएको पैसाको हिसाब राख्ने तर ति मान्छेहरुको गणना नहुने। लज्जास्पद!

यो कोरोना संकट सकिएपछि तथ्यांक संकलन कार्यलाई नीतिगत रुपमा संरचना तयार गरी कडाईका साथ लागू गरौं। अनुमान पंडित्याई अन्त्य गरौं।

फेसबुकबाट तपाईको प्रतिक्रिया