युवा कलाकार नारायण विपी परियारको दशैं विशेष गीत ‘परदेशी’ सार्वजनिक

कृष्ण रणपाल

असोज ३०,बुटवल । नेपाली लोकदोहोरी क्षेत्रमा फरक फरक विधामा आफ्ना एल्बमहरु बजारमा सार्वजनिक गरी सकेका सफल युवा कलाकार नारायण विपी परियारले आउदै गरेको विजयादशमी–२०७७ लाई लक्षितगरी दशै विशेष गीत ‘परदेशी’ बजारमा सार्वजनिक भएको छ

उनै कलाकार नारायण विपी परियार र गायिका देवी घर्तिको मिठो स्वरमा रचिएको ‘परदेशी’ गीतको अभिनयपनि नारायण विपी परियार र लोकदोहोरी गायिका विष्णु श्रीपालीको गरेकी छन् । बबी जिसीको लय-शब्दमा रहेको उक्त गीतको निर्देशन गायक विक्रमबाबु विश्वकर्माको रहेको छ । त्यसैगरी उक्त गीतको छायांकन-सम्पादन शोभाखर पन्त र कृष्ण शर्माले गरेका छन् ।

नेपालीहरुको महान चार्ड विजयादशमी नजिकिदै गर्दा धन कमाउन परदेशमा गएका लाखौ नेपालीहरु विभिन्न कारणले दशैं मनाउन आफ्नो जन्मथलो गाउँ घरमा आउन नपाउँदाको पिडा वास्तविक रुपमा छर्लङ्ग प्रस्तुत गरिएको छ । खासगरी यो गीतमा एउटा व्यक्तिको पारिवारिक जीवनलाई समेटिएको गीतपरारनी आएन, पोहोर छुट्टी पाईन,अहिलेनी आईन परदेशी’ भनेर विदेशमा धन कमाउन गएका श्रीमानले भन्न खोजेको र श्रीमतीले परारनी आएनौं, पोहोर छुट्टी पाएनौं, अहिले त आउहैं परदेशी’ भनेर यसपालीको दशैमा जसरी पनि घरमा आउन अनुरोध गरेको देख्न सकिन्छ ।

त्यस्तै गरी गाउँ घरको के माया छैनर, दशै आयो घरमा आउने हैनर धान झुल्यो बेसी, परारनी आएनौ, पोहोर छुट्टी पाएनौं अहिले त आउहै परदेशी भनेर जन्मथलो नेपालमा दशै मान्न बोलाइएको र श्रीमानले पनि यसपालीको दशैमा आउन नसकेपनि साउको ऋण तिर्नपाए अर्को दशैमा अवश्य घर आउने सम्मको आश्वासन दिदा जोकोही नेपाली पनि यो गीत सुन्दा अत्यन्तै भावुक बनाएको देख्न सकिन्छ ।

त्यसो त कलाकार नारायण विपी परियार कतिपय स्टेज कार्यक्रममा उद्घोषकको राम्रो भूमिका निर्वाह गर्न सक्षम व्यक्ति मानिन्छन् । उनले लोकदोहोरीका थुप्रै गीतहरु बजारमा ल्याएर दर्शक स्रोता महानुभावहरुको मन जितिसकेका छन् । उनले गत वर्ष – २०७६ सालमा ‘आयो दशैं तिहार’ गीत बजारमा ल्याएका थिए भने आउँदै गरेको शुभ दिपावली तथा तिहारको उपलक्ष्यमा ‘तिहारको गीत’ बजारमा ल्याउने गायक नारायण विपी परियारले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया