कोरोना संक्रमितलाई पनि लोकसेवाको परीक्षा दिने व्यवस्था गर्न सर्वोच्चको आदेश

असोज २९, काठमाडौं । सर्वोच्च अदालतले कोरोना संक्रमितलाई पनि लोकसेवा आयोगको परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दिएको छ।

काेभिड-१९ संक्रमित बिरामीले परीक्षामा सहभागी हुन नपाउने भन्ने संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्डको बुँदा नम्बर ८(१) को कार्यान्वयन नगरी परीक्षार्थीलाई परीक्षामा सहभागी हुने वातावरण बनाउन सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेकाे हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया