गोरु काट्दै गरेको अवस्थामा १० जना पक्राउ

असोज २९, बागलुङ। इलाका प्रहरी कार्यालय बुर्तिबाङले ढोरपाटन नगरपालिका वडा नं २ खप्तरीबाङमा गोरु काट्दै गरेको अवस्थामा १० जनालाई पक्राउ गरेको छ।

विशेष सुराकीको आधारमा उनीहरुलाई गोरु काट्दै गरिरहेको अवस्थामा फेला पारिएको प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए। उनीहरूलाई अनुसन्धानको लागि जिल्ला पठाइएको उनको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया