बैगुनि दुई बोलको गीत सार्वजनिक

काठमाडौँ । पछिल्लो समय नेपाली म्युजिक भिडियोमा फरक किसिमको निर्देशन गर्ने निर्देशक मध्ये दिपक आचार्य पनि पर्दछन्।

उनले निर्देशन गरेको म्युजिक भिडियो दर्शकले धेरै मन पराउछन्। त्यसैगरि उनै दिपक आचार्यले निर्देशन गरेको म्युजिक भिडियो सहित मेलिना राई र बुद्धिमान श्रेष्ठको स्वर रहेको ‘बैगुनी २ सितल छायाँलाई’ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा पल शाह, प्रियाना आचार्य, कमलमणी नेपाल लगायतको अभिनय देख्न सकिन्छ।

तराई भेगको परिवेशलाई समावेश गरिएको गीतमा शब्द तथा संगीत बादल घिमिरेको रहेको छ। केही समयअघि बादलले नै लेखेको `बैगुनि´ले पनि निकै चर्चा कमाएको थियो।

उत्सव दाहालले खिचेको भिडियोलाई विकाश ज्ञावालीले सम्पादन गरेका छन् । सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको म्युजिक भिडियोलाई दिपक आचार्यले निर्देशन गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया