हेटौंडाका कोरोना संक्रमितको चितवनमा मृत्यु

असोज २८, चितवन । भरतपुर अस्पतालमा उपचारका क्रममा एक पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ।

मृत्यु हुनेमा हेटौंडा उप–महानगरपालिका वडा नम्बर ९ प्रगतिटोलका ६६ वर्षीय पुरुष रहेका छन्।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार असोज २७ गते ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भई अस्पताल भर्ना भएका उनमा २८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज साँझ ६ः१५ बजे मृत्यु भएको सूचना अधिकारी पौडेलले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया