मोटरसाइकलले ठक्कर दिँदा एकजना बालकको मृत्यु

असोज २८, चितवन । चितवनमा मोटरसाइकलले ठक्कर दिँदा एकजना बालकको ज्यान गएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका–५ झवानीमा घर अगाडि खेलिरहेका ६ वर्षीय बालक युसेफ महतोको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
टाँडीतर्फ आउँदै गरेको प्रदेश ३ ०२ ००१ प ८३६ नम्बरको मोटरसाइकलले मङ्गलबार साँझ ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारको क्रममा साँझ चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया