चौधरीको धारिलो हतियार प्रयोग गरी हत्या

असोज २८ , झापा । कनकाई नगरपालिका– ३ का २२ वर्षीय अभिषेक चौधरीको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ।

झापाको सुरुङ्गा खोलास्थित बाँसघारीमा उनको शव फेला परेको हो।

उनको टाउको र अनुहारमा धारिलो हतियारले प्रहार गरेको चोट रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए। घटनास्थलमा प्रहरी टोली खटाएर अनुसन्धान भइरहेको उनले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया