थप २ हजार ६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण

असोज २८ , काठमाडौं । देशभर पछिल्लो २४ घण्टमा थप २ हजार ६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। १३ हजार ९ सय २७ जनाको परीक्षण गर्दा २६३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो।

काठमाडौं उपत्यकामा १४०३ जना संक्रमित भेटिएका छन् । जसमा काठमाडौं जिल्लामा ९९६, भक्तपुरमा १०२ र ललितपुर जिल्लामा ३०५ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ।

देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ रहेको छ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई २१७४ जना डिस्चार्ज भएका छन्। नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ८० हजार ९५४ रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया