अन्ततः पोखरेलबाट खोसियो रक्षा मन्त्रालय

असोज २८, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी छिन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार गरिएको पुनर्गठनमा केही नयाँ अनुहारलाई अवसर दिइएको छ, कतिपयको मन्त्रालय परिवर्तन गरिएको छ।

यसअघि रक्षा मन्त्री रहेका ईश्वर पोखरेललाई भने ‘कारबाही’ गरिएको छ। उनले यसअघि सम्हाल्दै आएको रक्षा मन्त्रालयको प्रधानमन्त्री ओली स्वयंले सम्हाल्ने भएका छन्। राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्ति अनुसार अब पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी दिइएको छ।

पोखरेल पटकपटक विवादमा आइरहने मन्त्री थिए। उनका कामकारबाहीलाई लिएर प्रधानमन्त्री ओली स्वयं असन्तुष्ट रहेको खबर सार्वजनिक भएको थियो। विशेषगरी कोरोनासँग जुध्ने कामको नेतृत्व गरेका पोखरेलले सन्तोषजनक काम नगरेको मात्रै होइन, कैयौं विवादित निर्णय समेत गरेको आरोप लाग्दै आएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया