नेपालीलाई देश फर्कने अनुमति दिन जनसम्पर्क समिति भारतको आग्रह

नेपाली जनसम्पर्क समिति भारतले भारतमा लाखौँ नेपाली अलपत्र अवस्थामा भोकभोकै रहनु परेको भन्दै यथाशिघ्र माभृभूमि फर्कने अनुमतिका लागि नेपाल सरकारसँग आग्रह गरेको छ ।

नेपाली जनसम्पर्क समिती भारतका केन्द्रीय अध्यक्ष तथा नेपाली काँग्रेसका आमन्त्रीत सदस्य बालकृष्ण पाण्डेद्वारा जारी प्रेस वक्तव्यमा लकडाउनका कारण भारतमा लाखौँ नेपालीहरु अलपत्र अवस्थामा रहेको जानकारी गराउँदै देश फर्कने अनुमति दिन आग्रह गरिएको छ ।

विश्वका अन्य देशले भारतबाट आफ्ना नागरिक आफ्नो देशमा लगिसकेको र भारत सरकारले पनि अन्य राज्यमा रहेका र बाटोमा फसेका सबै मजदुर विद्यार्थीहरुलाई आफ्नो आफ्नो राज्यमा पठाउने निर्णय गरि कार्र्यान्वयन गर्दै गरिरहेको अवस्थामा नेपाल सरकारले पनि नेपालीको पीडा र चित्कारलाई टुलुटुली हेरि बस्नु अत्यन्त दुखद् भएको जनाइएको छ ।

समितिले भारतसित सिमा जोडिएकाहरु आफ्नै खर्चमा क्वारेन्टिन बस्ने गरि नेपाल जान माग गरिरहेका नेपालबाट घुम्न पुगेका, तिर्थयात्रीहरु, बिमारी, विद्यार्थी, हजारौँ संख्यामा मजदुर अलपत्र अवस्थामा रहेको जानकारी गराउँदै नेपाली जनसम्पर्क समिति भारतले उनीहरुलाई यथासिघ्र नेपाल फर्कने वातावरण बनाउन नेपाल सरकारले दूतावासलाई निर्देशन दिन माग गरेको छ ।

भारत सरकारको गृह मन्त्रालय र बिदेश मन्त्रालयलाई अनुरोध गरेकामा भारत सरकारको गृह मन्त्रालयबाट बिदेश मन्त्रालयमा सहयोग गर्ने जिम्मा दिइसकेको तथा बिदेश मन्त्रालयले नेपाल दूतावास र नेपाल सरकारको सहमती दिएमा सबै अलपत्र नेपाली नेपाल फिर्ता जान अनुमती दिन तयार रहेको बताएको पनि वक्तव्यमा उल्लेख छ ।

समितिले दूतावासमार्फत सम्पर्क गर्दा नेपाल सरकारले अनुमति नदिएपछि गृहमन्त्रालयमार्फत कुरा उठाउँदा पनि अनुमति नपाइएको भन्दै अध्यक्ष पाण्डेले सरकारले अप्ठ्यारामा परेका नेपालीको उद्धार गर्न कत्ति पनि ढिला नगरोस् भन्ने आग्रह गरेका छन् ।

जनता विदेशीभूमिमा अलपत्र अवस्थामा रहँदा पनि सरकार भने सत्ताको खेलमा लागेको भन्दै आक्रोश व्यक्त गरिएको छ । ‘आफ्नो लाखौं नागरिक भोकै बिदेशी भूमिमा मर्ने अबस्थामा पनि जनताको पर्वाह नगरी सत्ता परिवर्तन र कुर्चिको मोहमा लाग्नु दुखद् भएको बताइएको छ ।

वक्तव्यमा भनिएको छ ‘भोकले मर्नै लाग्ने अबस्थामा पुगेका नेपालीहरुलाई अन्य केही गर्ने नसकेपनि आफ्नो घर मातृभूमि नेपाली जान अनुमति दिन पुन अनुरोध गर्दछौं ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया