करेन्ट लागेर एक युवक मृत्यु

असोज २८ कंचनपुर । बेदकोट नगरपालिका–३ चौरीका २१ वर्षीय दिनेश साउदको मङ्गलबार करेन्ट लागेर मृत्यु भएको छ ।

पसलमा काम गर्दै गरेका बेला साउदलाई करेन्ट लागेको हो ।

करेन्ट लागेर बेहोस भएका साउदलाई तत्कालै उपचारका लागि महाकाली अस्पताल पुर्याइए पनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।

अस्पतालमा शव परीक्षणपश्चात आफन्तलाई जिम्मा लगाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया