कोरोना परीक्षणको शुल्क नलिन परमादेश जारी

असोज २८,काठमाडौँ । सर्वोच्च अदालतले कोरोना परीक्षणको शुल्क नलिन सरकारका नाममा परमादेश जारी गरे‍को छ ।

अधिवक्ता केशरजंग केसी र लोकेन्द्र ओलीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको इजलासले कोरोनाको परीक्षणलाई आधारभूत स्वास्थ्य सेवाको रूपमा व्याख्या गर्दै शुल्क नलिन आदेश जारी गरेको हो ।

‘विश्वभर महामारीका रूपमा फैलिएको कोभिड- १९ एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने एउटा गम्भीर सरुवा रोग हो । यो आकस्मिक रूपमा देखिएको हो । संविधानले आकस्मिक सेवालाई मौलिक हकका रूपमा राखी सेवा निःशुल्क प्राप्त हुने व्यवस्था गरेको छ,’ आदेशको तथ्य व्याख्या खण्डमा भनिएको छ ।

सर्वोच्चले भिसा प्रयोगका लागि तथा निजी प्रयोगशालाले समेत कोरोना परीक्षणको शुल्क लिन नमिल्ने ठहर गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया