आईपीएल: कोलकाता विरुद्ध बेंग्लोरको सानदार जित

असोज २७ ,शारजहाँ —इन्डियन प्रिमियर लिगमा सोमबार रोयल च्यालेन्जर्स बेंग्लोरले कोलकाता नाइट राइडर्सलाई ८२ रनले पराजित गरेको छ 

सात खेलमा बेंग्लोरको यो पाँचौं विजय हो । मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सको जस्तै समान १० अंक भए पनि कमजोर रनरेटका कारण बेंग्लोर तेस्रो स्थानमा छ । कोलकाता ८ अंकसहित चौथो स्थानमा रह्यो ।

१ सय ९५ रनको पाएको कोलकाताले ९ विकेट गुमाई १ सय १२ रनमात्र बनाउन सक्यो । शुभमन गिलले ३४ तथा एन्ड्रयु रसेल र राहुल त्रिपाठीले समान १६ रनबाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । बेंग्लोरका क्रिस मोरिस र वासिङटन सुन्दरले २–२ तथा नवदित सैनी, मोहम्मद सिराज, युजभेन्द्र चाहल र इसुरु उडानाले १–१ विकेट लिए ।

यसअघि एबी डी भिलियर्सले ३३ बलमा अविजित ७३ रन बनाएपछि टस जितेर ब्याटिङ रोजेको बेंग्लोरले शारजहाँ क्रिकेट रंगशालामा १९४–२ को स्कोर बनाएको थियो ।

कोहलीले २८ बलमा १ चौकासहित ३३ रन बनाए । फिन्चले देवदत्त पाडिक्कलसँग ८ ओभरभित्र ६७ रन जोड्दै बेंग्लोरलाई राम्रो सुरुआत दिलाएका थिए । २३ बलमा ४ चौका र १ छक्का प्रहार गरी उनी ३२ रन बनाई रसेलको बलमा बोल्ड भए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया