अष्ट्रेलियामा नेपाली विद्यार्थीको भन्छन- स्वदेश फर्कन पाउँ

अष्ट्रेलियामा उच्च अध्ययनका लागि रहेका करिब ६२ हजार नेपाली विध्यार्थीले स्वदेश फर्कन चाहेको नेपाली दुतावासको गरेको सर्वेक्षण बताएको छ।

कोरोना र लकडाउनका कारण विद्यार्थीमाझ परेका समस्यामा र उनीहरुले भोग्नु परेका पीडा र संकटका विषयमा गरिएको सो सर्वेक्षणमा ६२ हजार विद्यार्थीमध्ये १८ सयले मात्र सहभागिता जनाएका छन्।

सर्वेक्षणमा सहभागी नेपाली विद्यार्थीमध्ये धेरैले केही महिनाका लागि स्वदेश फर्कने व्यवस्था मिलाइदिन राजदूतावासलाई आग्रह गरेका थिए। धेरैको समस्या भने काम, कोठाकै बढी देखिएको छ। धेरैले काम गुमाएकाले कलेजको फीमा सहुलियत र सेमेस्टर सार्न आग्रह गरेका थिए।

बिध्यार्थीका समस्याका विषयमा राजदूत महेशराज दाहालले उच्च अध्ययनमा अष्ट्रेलिया आएका नेपाली विद्यार्थीको समस्याको पहिचान र समाधानको उपायका लागि पहल गर्ने बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया