आदित्य र श्वेताको यो बर्षको अन्त्यमा बिहे हुने

असोज २६, काठमाडौँ । गायक तथा टेलिभिजन रियालिटी शोका संचालक आदित्य नारायण झाले प्रेमिका श्वेता अग्रवालसँग यो बर्ष बिहे गर्ने तयारी गरेका छन् ।

आदित्य र श्वेताको भेट सन् २०१० मा रिलिज भएको चलचित्र ‘शापित’को सेटमा भएको थियो । यो चलचित्रमा एक साथ काम गरेपछि आदित्य र श्वेताको प्रेम सम्बन्ध अगाडि बढेको हो ।

श्वेतासँग आफूले यो बर्षको अन्त्यमा बिहे गर्ने तयारी गरेको आदित्यले बताएका छन् । भारतीय मिडियासँग कुरा गर्दै आदित्यले भनेका छन्–‘ १० बर्षदेखि प्रेम सम्बन्धमा रहँदा हामीविच निकै धेरै उतारचढाव आएका छन् । मेरो परिवारले श्वेतालाई वुझेको छ । म खुशी छु कि श्वेता मेरो जीवनमा आएकी छिन् ।’

आदित्य र श्वेता प्रेम सम्बन्धमा जोडिएको केही समयपछि उनीहरुविच ब्रेकअप भएको चर्चा पनि चलेको थियो । तर, प्रेम सम्बन्धमा यस्तो उतारचढाव आउने वुझाई आदित्यको छ । आदित्यले एकसाथ चलचित्रमा काम गरेपछि श्वेतालाई मन पराउन थालेको र त्यसको केही समयपछि प्रेम प्रस्ताव राखेको पनि बताएका छन् ।

केही दिन अगाडि मात्र गायिका नेहा कक्कडले रोहन प्रित सिंहसँग बिहे गर्न लागेको जानकारी सामाजिक संजालबाट गरेकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया