आज उपत्यकामा मात्र २ हजार २८३ जनामा कोरोना पुष्टि

असोज २६ ,काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंमा एक हजार ८ सय ८८, ललितपुरमा २ सय ७७ र भक्तपुरमा १ सय १८ जना संक्रमित देखिएको बताएका छन् ।

२४ घण्टामा १४ हजार ५ सय ३० जनाको पीसीआर परीक्षण गर्दा देशभर ४ हजार ४७ जना संक्रमित भएका छन् । यस अनुसार देशभरी सक्रिय संक्रमितको संख्या ३३ हजार ८ सय ८० पुगेको छ । होम आइसोलेसनमा रहनेको संख्या १९ हजार ९ सय ५७ रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर १४ सय ७३ जना घर फर्किएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७७ हजार २ सय ७७ पुगेको छ । २४ घण्टामा ९ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया