आईपीएल: दिल्लीलाई हराउदै मुम्बई शीर्षस्थानमा

असोज २६, अबुधाबी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबार खेलमा खेलमा मुम्बई इन्डियन्स र राजस्थान रोयल्सले जित हात पारेका छन् । मुम्बईले दिल्ली क्यापिटल्स र राजस्थानले सनराइजर्स हैदराबादलाई समान ५ विकेटले पराजित गरे ।

७ खेलमा पाँचौं जित हात पारेपछि मुम्बई दिल्लीलाई उछिन्दै शीर्षस्थानमा उक्लेको छ । दिल्लीको पनि ७ खेलमा १० अंक नै छ तर, टोली रनरेटमा मुम्बईभन्दा पछाडि परेको छ । दिल्लीको यसअघिको हार पनि अबुधाबीस्थित शेख जायेद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हैदराबादसँगै थियो । हैदराबाद र राजस्थान समान ६ अंकका साथ क्रमशः पाँचौं र छैटौं स्थानमा छन् ।

ओपनर शिखर धवनको अविजित ६९ र कप्तान श्रेयस ऐरको ४२ रनमा दिल्लीले टस जितेर ब्याटिङ गर्दै १६३–४ को स्कोर बनायो ।

मुम्बईका कुनाल पाण्डेले २ विकेट लिए । जवाफमा क्विन्टन डी कक र सूर्यकुमार यादवको समान ५३ रन बनाएपछि मुम्बईले दुई बलअगाडि नै १ सय ६६ रन बनायो । इशान किशनले २८ रन जोडे ।कागिसो राबाडाले दिल्लीबाट २ विकेट लिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया