आईपीएल: बैंग्लोरले जित्दा चेन्नाईको पाँचौ हार

असोज २५ , काठमाडौं । कप्तान बिराट कोहलीको कप्तानी पारी र बलरहरुको उम्दा प्रदर्शनको मद्दतमा रोयल च्यालेन्जर्स बैंग्लोरले चेन्नाई सुपर किंग्सलाई ३७ रनले हराएको छ ।

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा जितका लागि बैंग्लोरले चेन्नाईसामु १७० रनको लक्ष्य पेश गरेको थियो । चेन्नाईको टिम निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रनमा समेटियो ।बैंग्लोरका लागि कप्तान बिराट कोहलीले सर्वाधिक ९० रन बनाए ।

चेन्नाईका लागि अम्बाती रायडुले सर्वाधिक ४२ रन बनाए । बैंग्लोरका लागि क्रिस मोरिसले ३ र वाशिंग्टन सुन्दरले २ विकेट लिए ।

जारी आईपीएल प्रतियोगितामा बैंग्लोरको यो चौथो जित र चेन्नाईको पाँचौ हार हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया