आज कहाँ कति थपिए कोरोना संक्रमित ?

असोज २४, काठमाडौं ।आज नेपालमा आहिले सम्मकै धेरै सङ्ख्यामा कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा देश भर ५ हजार ८ जना नयाँ संक्रमित भेटिदा सबै भन्दा धेरै काठमाडौं उपत्यकामा २ हजार ६ सय ७२ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौं जिल्लाका २ हजार १ सय , ललितपुरका ३ सय ६९ र भक्तपुरका २ सय ३ जना छन् ।

यस्तै मोरङका ३६९ जना, सुनसरीका ३९४, रुपन्देहीका २१५, चितवनका १४७, सुर्खेतका १३४, दाङका ९३, तनहुँका ५५, मकवानपुरका ५४, कास्कीका ५१, झापा र सिन्धुलीका ४८/४८ जना, बाँकेका ४५, प्युठानका ४२, नुवाकोटका ४०, धादिङका ३८, पाल्पाका ३७, पर्सा र नवलपुरका ३६/३६ जना, काभ्रे र कैलालीका ३५/३५ जना, नवलपरासीका ३१, गोरखा २५, सर्लाही १९ तथा सिराहा र कञ्चनपुरका १८/१८ जनामा संक्रमण देखिएको छ ।

रौतहटका १७ जना, बाग्लुङ र सल्यानका १२/१२ जना, धनकुटा, धनुषा, महोत्तरी, र रुकुम पश्चिमका ११/११ जना, बारा, दैलेख र बझाङका १०/१० जना, संखुवासभाका ९, दोलखा, जुम्ला र बैतडीका ८/८ जना,म्याग्दी स्याङ्जाका ७/७ जना, उदपयुर, सप्तरी, सिन्धुपाल्चोक, बर्दिया र अछामका ६/६ जना, ओखलढुंगा, रामेछाप र रोल्पाका ५/५ जना, इलाम, डडेलधुरा र डोटीका ४/४ जना, खोटाङ, भोजपुर, रसुवा, पर्वत र दार्चलाका ३/३ जना, लमजुङ र रुकुम पूर्व २/२ जना तथा ताप्लेजुङ, तेह्रथुम र कालीकोटका १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया