नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय नाघ्यो

असोज २३.काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ ।

योसँगै मुलुकभर संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ सय पुगेको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा झापामा २ पुरुष, सुनसरीमा ३ पुरुष, काठमाडौंमा १ पुरुष र १ महिला, ललितपुरमा १ पुरुष, रुपन्देहीमा २ पुरुष गरी १० जनाको मृत्यु भएको हो ।

पछिल्ला दिन संक्रमणबाट निधन हुनेहरुको मृत्युदर ०.६० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया