पौड्याल परराष्ट्र मन्त्रालयको सचिवमा नियुक्त

असोज २३, काठमाडौं । भरतराज पौड्याल परराष्ट्र मन्त्रालयको सचिवमा नियुक्त भएका छन् । 

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव एवं प्रवक्ता पौड्याललाई सचिवमा नियुक्त गरेको हो । उनले शुक्रबार नै कार्यभार सम्हालेका छन् ।

शंकरदास बैरागीलाई सरकारले मुख्य सचिव बनाएपछि परराष्ट्र सचिवको पद रिक्त थियो । पौड्याल सचिव भएपछि रिक्त प्रवक्ता पदमा सेवा लम्साल अधिकारी नियुक्त भएकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया