वडा सदस्यका छोरा १ क्विन्टल गाजासहित पक्राउ

२२ असोज, रौतहट । पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य दुखी ओझैया थारुका छोरा ४० वर्षीय राज ओझैया गाजासहित पक्राउ परेका हुन्। 

राज ओझैयाको घरमा बिहीबार बिहान प्रहरीले छापा मारेर खानतलासी गर्दा घरभित्र भण्डारण गरी राखिएको १ क्विन्टल ३१ केजी गाजा बरामद भएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्। 

घरबाट आठ वटा बोरामा रहेको गाजा बरामद भएपछि गाजा सहित उनलाई पक्राउ छ । गाजासहित पक्राउ परेका राजलाई  प्रहरी जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको पन्तले जानकारी दिइन्। 

फेसबुकबाट तपाईको प्रतिक्रिया