कोरोना संक्रमितको सङ्ख्या अहिले सम्मकै उच्च ,एकैदिन ४ हजार ३६४ जनामा संक्रमण

२२ असोज, काठमाडौं । एकैदिनमा अहिले सम्मकै उच्च सङ्ख्यामा संक्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा ४ हजार ३६४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ ।

थपिएका संक्रमितमध्ये २५४० काठमाडौं उपत्यकाका छन्, जसमा काठमाडौंका २०८५ जना, ललितपुरका ३२० र भक्तपुरका १३५ जना छन् ।

यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । उनीहरुमध्ये ५९० जनाको मृत्यु भएको छ भने ७१ हजार ३४३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २ हजार ६७५ जना संक्रमणमुक्त भएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया