आईपीएल : चेन्‍नई विरुद्ध कोलकाताको जित

२२ असोज, काठमाडौं । आईपीएल क्रिकेट अन्तर्गत गएरातिको खेलमा कोलकाता नाइट राइडर्सले सुपर किंग्सलाई १० रनले हराएको छ ।

कोलकाताले जितका लागि १६८ रनको चुनौति दिएको थियो । चेन्नाईको टोलीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १५७ रन मात्रै बनाउन सक्यो ।

कोलकाताको जितमा ओपनर राहुल त्रिपाठीले सर्वाधिक ८१ रन बनाए । ५१ बलमा ८ चौका र ३ छक्का प्रहार गरेका उनी म्यान अफ द म्याच भए ।

चेन्नाईले पहिलो १० ओभरमा एक विकेट मात्रै गुमाएर ९० रन बनाएको थियो । तर त्यसपछिको बाँकी १० ओभरमा चेन्नाईले मात्रै ६७ रन बनाउन सक्यो ।

चेन्नाइका लागि शेन वाटसनले ५० रन बनाए । तर चौथो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान महेन्द्र सिंह धोनीले ११ रन मात्रै बनाए । धेरै रन बटुल्न आवश्यक परेको बेला केदार जाधवले १२ बलमा मात्र ७ रन बनाउन सके । उनले खाता नै छैठौं बलमा खोलेका थिए ।

यसअघि अबुधाबीमा पहिले टस जितेर ब्याटिङ रोजेको कोलकाताले निर्धारित २० ओभरमा १६७ रन बनाएको थियो । उसको एकमात्र विकेट अन्तिम बलमा गुमेको थियो ।

कोलकाताका ओपनर राहुल त्रिपाठीबाहेक अन्य ब्याट्सम्यानहरुले राम्रो खेल प्रदर्शन गर्न सकेनन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया