चितवनमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु

२१ असोज, काठमाडौं । चितवनमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका १ का ९२ वर्षीयको कोरोनाबाट मृत्यु भएको हो ।
अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले ती वृद्धको आज अपराह्न २ः१३ बजे मृत्यु भएको जानकारी दिए ।
उनमा दुई दिनअघि मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । लामो समयदेखि दम तथा उच्च रक्तचापको समस्या रहेको उनमा पछिल्लो समय खोकी र श्वासप्रश्वास देखिएपछि मंगलबार बेलुका ७ बजे अस्पताल भर्ना गराइएको थियो ।
उनको कोभिड आइसियुमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया