आज एकै दिनमा तीन हजार ४३९ जना सङ्क्रमित ,सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार नाघ्यो

२१ असोज, काठमाडौं । देशभरमा आज तीन हजार ४३९ सङ्क्रमित थपिएसँगै कुल सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार सात पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा एक हजार ६८४ सङ्क्रमित थपिएको जानकारी दिए ।

उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा एक हजार २९६, भक्तपुरमा ९५ र ललितपुरमा २९३ रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी १४ हजार २०९ नमूना परीक्षण भएको थियो । हालसम्म ११ लाख १३ हजार ४८५ नमूना परीक्षण भइसकेको छ ।

देशभरमा पछिल्लो २४ घण्टामा एक हजार १२६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या जम्मा ६८ हजार ६६८ रहेको छ । यो जम्मा सङ्क्रमितमध्ये ७२ प्रतिशत हो ।

देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या चार हजार १६४ रहेको छ । देशभर सक्रिय सङ्क्रमितमध्ये १० हजार ५९६ संस्थागत आइसोलेसन र १४ हजार ४११ होम आइसोलेसनमा रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया