ट्रयाक्टर दुर्घटना हुदाँ चालकको मृत्यु

२१ असोज, काठमाडौं । शिवराज नगरपालिका वडा नं ४ मा आज ट्रयाक्टर दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ ।

साँझ ६ बजे ट्रयाक्टर अनियन्त्तित भई दुर्घटना हुँदा महाराजगञ्ज नगरपालिका वडा नं २ पडरियाका करीब २८ वर्षीय चालक सर्फुदिन मुसलमान (चिन्नु) को मृत्यु भएको प्रहरीले जनाएको छ ।

खरेन्द्रपुर महाराजगञ्ज सडकखण्डमा लु ३ त ४८८ नं को ट्रयाक्टर दुर्घटना भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले जानकारी दिए ।

ट्रयाक्टरले च्यापेका अवस्थामा मुसलमानलाई उद्धार गरी शिवराज अस्पताल बहादुरगञ्जमा उपचारका क्रममा ल्याउँदा मृत्यु भएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया