आईपीएल: राजस्थान रोयल्सलाई हराउदै मुम्बई इन्डियन्स शीर्ष स्थानमा

२१ असोज, काठमाडौं । मंगलबार अबुधाबीमा भएको आईपीएल क्रिकेटअन्तर्गतको खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई ५७ रनले हराउदै शीर्ष स्थानमा पुगेको छ ।

मुम्बईले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा चार विकेट गुमाएर १९३ रन बनाएको थियो । १९४ रनको लक्ष्य पछ्याएको राजस्थान १८.१ ओभरमा १३६ रनमा अलआउट भयो ।

मुम्बईका लागि नटआउट ७९ रन बनाएका सूर्यकुमार यादव म्यान अफ द म्याच भए । मुम्बईका लागि जसप्रित बुमराह, ट्रेन्ट बोल्ट र जेम्स प्याटिन्सको बलिङ पनि उत्कृष्ट रह्यो ।

बुमराहले २० रन खर्चेर ४ विकेट लिए भने बोल्टले २६ रन खर्चेर २ विकेट लिए । यसैगरी जेम्स प्याटिन्सनले पनि २ विकेट लिँदा १९ रन दिए ।

युएईमा जारी आईपीएलको १३ औं संस्करणमा मुम्बईको यो चौथो जित र राजस्थानको तेस्रो हार हो 

फेसबुकबाट तपाईको प्रतिक्रिया