१५५१ जना थप संक्रमित थपिदा,२ हजार ३ सय ४० जना संक्रमणमुक्त

२० असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रायका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा १५५१ जना कोभिड – १९को संक्रमण पुष्टि भएको छ ।

११ हजार ४७ जनाको पीसीआर परीक्षण गर्दा ५०९ महिला र १०४२ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै संक्रमितको कुल संख्या ९० हजार ८१४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २३ सय ४० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ ।

सक्रिय संक्रमित २२ हजार ७०९ छ । १३ हजार ५९१ होम र ९ हजार ११८ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २४३ जनाको आईसीयू र ४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ५६३ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया