दमक नगरपालिकाका प्रमुखलाई कोरोना सङ्क्रमण पुष्टि

१९ असोज, काठमाडौं । झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार सोमबार उनलाई सङ्क्रमण पुष्टि भएको हो ।
उनकी पत्नी लीला र छोरा अनिललाई समेत कोरोना पोजेटिभ देखिएको छ ।
ओलीलाई उपचारका लागि आम्दा हस्पिटलमा भर्ना गरिएको कार्यकारी अधिकृत तिम्सिनाले जानकारी दिए ।
नगरप्रमुखसहित एक वडाध्यक्षलाई सङ्क्रमण पुष्टि भएपछि नगरपालिका आजदेखि ४ दिनका लागि बन्द गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया